इटहरी । पत्रकारको नाकको डाँडी भाँच्न १ करोड छुट्याएको धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि उस्तै विवादमा तानिएका छन् । तथानाम बालेर गाली गरेर विवादमा आइरहने प्रमुख द्वारिकलाल चौधरीले कोरोना संक्रमणविरुद्ध उपमहानगरपालिकाको तयारीबारे सोध्न खोज्दा मुख खोलेका छन् ।
कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा उनले मुख छाडेर तथानाम गाली गरेका छन् । कोरोना भाइरसको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवाहक दिएका चौधरीलाई इटहरीको एरिना टेलिभिजनले फोन सम्पर्क गरेर सोध्न खोजेको थियो ।
कोरोनाविरुद्वको तयारीबारेमा संवादका लागि फोन सम्पर्क गरेको टेलिभिजनका प्राविधिकलाई चौधरीले अपशब्द प्रयोग गर्दै तनाथाम गाली गरेका हुन् । इटहरीस्थित एरिना टेलिभिजनका सञ्चारकर्मीले त्यहाँ कोरोना भाइरसको त्राससँग जुध्ने तयारी र अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो अहिले भाइरल भएको छ ।
पत्रकारः हेलो
मेयरः हेलो
पत्रकारः सर नमस्कार
मेयरः नमस्कार
पत्रकारः सर म एरिना टेलिभिजनबाट हो ।
मेयरः क्यारे !
पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर ।
मेयरः फोन राख मु…
पत्रकारः सर सन्नु न
मेयरः फोन राख मु…….
पत्रकारः होइन हौ सर, सन्नु न अनि यो हाम्रो….
मेयर ः फोन राख मा… त तेरो बाउलाई फोन गरे
मेयरः फोन राख मा….. त