नोबेल पुरस्कार विजेता माइकल लेभिटकाे दावीः कोरोना अन्तिम चरणमा

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १० : २५


काठमाडाैं । नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी गरेका हुन् ।

सामाजिक दुरी कायम गर्नाले हालको समयमा महामारीसँग जुझ्नका लागि आवश्यक भएको उनले बताएका छन् । रसायन विज्ञानमा २०१३ मा नोबेल पुरस्कार जितेका उनले यो भन्दा पहिले पनि चीनमा महामारीको भविष्यवाणी गरेका थिए । चीनमा यो महामारीले विनाशकारी प्रकोप लिएर आउने भविष्यवाणी समेत उनले गरेका थिए । माइकल लेभिड त्यही व्यक्ति हुन् जसले चीनमा सवा ३ हजार मानिस मारिने भविष्यवाणी गरेका थिए ।

माइकल लेभिटले द लस एन्जलस टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘हामीले कोरोनाको बढ्दो प्रकोप रोक्नका लागि जे गर्नुपर्ने थियो त्यो गरिरहेका छौं । हामी सब ठीक हुदै गइरहेका छौ । परिस्थिति त्यती भयावह छैन जतिको चेतावनी दिइएको थियो ।’


प्रतिक्रिया दिनुहोस्