कोरोना भाइरस संक्रमित ९६ वर्षीया वृद्धा निको भएर घर फर्किइन्

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ४९


विश्वव्यापी रुपमा नोवेल कोरोना भाइरस (कोभिड १९) को प्रकोपले आतंकित बनाइरहेको बेला ९६ वर्षीया एक वृद्धा भने उपचारपछि घर फर्किएकी छिन्। 

दक्षिण कोरियाकी ९६ वर्षे ती वृद्धाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पूर्ण रुपमा निको भएर घर फर्किएकी हुन्। तथ्यांकअनुसार उनी कोरोना भाइरसको संक्रमणपछि निको हुने सबैभन्दा वृद्ध महिला हुन्।

बुधबार दक्षिण कोरियाको छियोङ्दो काउन्टीकी ह्वाङ्गलाई पूर्ण स्वस्थ भएको घोषणा गरेर घर पठाइएको छ।

देगुको दक्षिण शहर नजिकै रहेको छियोङ्दो काउन्टी अहिले पनि बन्द छ। यहाँ कोरोना भाइरसका धेरै संक्रमित छन्।

ह्वाङ्गलाई मार्च १३ तारिखमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनको देगूको पूर्वमा रहेको पोहाङ्ग पब्लिक क्लिनिकमा आइसियूमा राखेर उपचार गरिएको थियो।

उनी अहिले छियोङ्दोस्थित आफ्नो घरमा क्वारेन्टाइनमा छिन्। त्यहाँ उनी आफ्नो छोरासँगै बसेकी छिन्। 


प्रतिक्रिया दिनुहोस्