काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिन्डर ग्यास भर्न निर्देशन दिएको छ। हाल भरी सिलिन्डरमा १४ दशमलव २ केजी ग्यास हुने गरेकोमा अब ७ दशमलव एक केजी मात्रै ग्यास हुनेछ । लकडाउनसँगै बजारमा माग उच्च भएको र पु¥याउन सक्ने अवस्था नभएपछि आधा सिलिन्डर बेच्ने निर्णय भएको निगमले बताएको छ ।
पर्याप्त ग्याँस मौजाद रहेको र कुनै समस्या नपर्ने जनाउँदै आएको आयल निगमले यति बेला भने ग्याँस उद्योगीलाई आधा सिलिन्डर भर्न निर्देशन दिएको हो । निगमले बुधवार नै निर्णय गरे पनि ग्यास व्यवसायीले सरकारको थप निर्देशन पनि मात्रै कार्यान्वयन गर्ने भन्दै अहिलेसम्म कार्यान्वयन गरेका छैनन् ।