एजेन्सी । घातक कोरोना भाइरसबाट बेलायती एक कूटनीतिज्ञको मृत्यु भएको छ।
हंगेरीमा रहेका ३७ बर्षीय स्टीवन डिकको कोरोना भाइरसबाट मृत्यु भएको हो।
उनी त्यहाँ बेलायती दुतावासको उप प्रमुखका रुपमा कार्यरत थिए। हंगेरीमा कोरोनाबाट ४६५ जनाको मृत्यु भएको छ भने करिब १० हजार मानिस संक्रमित भएका छन्।
विश्वका १ सय ९५ भन्दा बढि देशमा फैलिएको यो भायरसले २१ हजार भन्दा बढिको ज्यान लिएको छ भने ४ लाख ६८ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्।