इटली र स्पेनमा कोरोना भाइरसको भयावह, ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  २ : ०९


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९८ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म २१ हजार २०० जनाको ज्यान गएको छ भने ४ लाख ६८ हजार ९०५ जना संक्रमित भएका छन्। 

अहिलेसम्म कोरोना भाइरसका १ लाख १४ हजार २१८ जना विरामी उपचारपछि घर फर्किएका छन्। पछिल्लो समय इटली र स्पेनमा कोरोना भाइरसको भयावह स्थिती देखिएको छ। पछिल्लो २४ घण्टामा इटलीमा ६ सय ८३ जनाको ज्यान गएको छ भने ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै इटलीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने ७४ हजार ३ सय ८६ जनामा संक्रमणको पुष्टी भएको छ। 

त्यस्तै स्पेनमा पनि पछिल्लो २४ घण्टामा ६ सय ५६ जनाको ज्यान गएको छ भने ७ हजार ४ सय ५७ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै स्पेनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ भने ४९ हजार ५ सय १५ जना संक्रमित भएका छन्। 

बुधबार कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या इटली र स्पेनपछि तेस्रो देशमा फ्रान्स रहेको छ। फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ३१ जनाको ज्यान गएको छ भने २ हजार ९ सय २९ जना नयाँ संक्रमित फेला परेका छन्। अहिलेसम्म फ्रान्समा १३ सय ३१ जनाको ज्यान गएको छ भने २५ हजार २ सय ३३ जना संक्रमित बनेका छन्। 


प्रतिक्रिया दिनुहोस्