कोरोना संक्रमित युवतीसँगै आएकी अर्की युवती दाङमा भेटिइन्, तुलसीपुरको क्वारेन्टाइनमा

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १ : १३


दाङ । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको जहाजमा चढेर नेपाल आएकामध्ये एक जना  युवती दाङमा भेटिएकी छिन्। 

प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ। पद्यपी उनीमा अहिलेसम्म कोरोना संक्रमणको लक्षण भने देखिएको छैन।

पश्चिम दाङकी ती युवतीलाई पत्ता लगाएर प्रहरीले  प्रादेशिक अस्पतालको जिम्मा लगाएको हो। 

फ्रान्समा पढ्न गएकी र दोहा हुँदै यही चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएपछि उनीसँगै कतार एयरवेजको जहाजमा सवार अन्य यात्रुहरुको पनि खोजी सुरु गरिएको थियो। कतार एयरवेजको जहाज चढेर आएकाहरुको सूचीमा दाङका ओली र पन्त थरका दुई जना युवती नाम भेटिएको थियो। तर, एक जनालाई भने प्रहरीले पत्ता लगाउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्