चीनको हुबेइमा लकडाउन खुला, पसल र गाडी चल्न थाले

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ५२


एजेन्सी । चीनको कोरोना भाइरसको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तले लकडाउन खुला गरेको छ।

झण्डै दुई महिनापछि त्यहाँ गाडी तथा पसल हरु खुला गरिएको हो।

सडकहरु खुला गरिएको दृश्यमा स्थानीय मानिसहरु निकै खुशी भएका थिए। रेल तथा हवाइजहाज समेत त्यहाँ आवतजावत गर्न थालेका छन्।

तर, प्रान्तिय राजधानी वुहान सहरले भने ८ अप्रिलबाट यातायात खुला गर्ने छ।


प्रतिक्रिया दिनुहोस्