अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, न्युयोर्क ‘इटली’ बन्ने चेतावनी

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : १८


न्युयोर्क । गत महिनामा चीनको वुहान कोरोना भाइरसको इपिसेन्टर थियो। तर, यो महिना त्यो भातक भाइरस युरोपतर्फ मोडिएपछि इटली कोरोनाको केन्द्र बनेको छ।

त्यहाँ दैनिक ६ सय भन्दा बढि मानिसको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका छन्।

यसैबीच,संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिका अब कोरोनाको केन्द्र बन्न सक्ने परिदृशय सिर्जना हुँदै गएको छ।

अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५५ हजार नाघेको छ। त्यहाँ एक दिनमै १० हजार मानिस संक्रमित भएका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण १ जनामा देखिने वित्तिक्कै सरकारले लकडाउन गरेको छ। यस्तै, भारतमा ५ सय संक्रमित भएपछि सजग हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि भारतलाई लकडाउन गरेका छन्।

तर, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ५५ हजार भन्दा बढि मानिस संक्रमित हुँदा समेत अमेरिकालाई 'लकडाउन 'गर्न तयार छैनन्।

कतिपयले ट्रम्पको गल्तीले न्युयोर्क शहर 'इटली' बन्ने चेतावी दिएका छन्।

संयुक्त राज्य अमेरिकामा एकै दिन कोरोना संक्रमित बिरामीहरुको यति ठुलो संख्यामा भएको बृद्धि अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो।

५५ हजार भन्दा बढी कोरोना संक्रमित भएपछि अमेरिका विश्वमा सबै भन्दा बढि प्रभावित हुने देशमध्ये विश्वमा तेस्रो स्थानमा छ।

कोरोना व्यापक रुपमा फैलिएपछि विश्वको सबै भन्दा शक्तिशाली देश अमेरिका गम्भीर खतरामा परेको हो। 

विश्व स्वास्थ्य संगठनले पनि अमेरिकालाई कोरोना भाइरसको केन्द्र बनिरहेको चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भाइरस फैलिएपनि सबै अमेरिकामा लक डाउन नगर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्