पत्नीको परपुरुषसँग अवैध सम्बन्ध, प्रेमीसँग मिलेर पतिको हत्या

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  २ : १७


जनकपुर । परपुरुषसँग लागेकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छिन्। घटना जनकपुरको धनुषास्थित शहिदनगर नगरपालिकाको हो। 

पतिको हत्याको आरोपमा पत्नीसहित एक पुरुष पक्राउ परेका छन्। धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन्। 

आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको खुलेपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो। 

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भएर हत्याको योजना भएको थियो।  राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको प्रहरीले जनाएको छ। राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। 

राजकिशोको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताउनुभयो। घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार राकेश र कौशिलादेवीबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। 


प्रतिक्रिया दिनुहोस्