पोखरामा पनि क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ०५


पोखरा । १२ दिनअघि भारतबाट फर्किएर पोखरास्थित क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। 

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो मृत्यु भएको हो। १२ दिनअघि भारतबाट फर्किएका नेपालीलाई रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो। भारतको हैदराबादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थए। 

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो। 

पारिवारीक स्रोतका अनुसार नेपाली मुटु तथा कलेजोको समस्याबाट पीडित थिए। उनमा कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। रिर्पोट आएपछि मात्रै उनको मृत्यु के कारणले भएको भन्ने खुलासा हुने गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्