कोरोना भाइरसको डाटा ट्रयाक गर्ने नेपाली सिस्टम (coronanepal.live)

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ४८


प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनद्वारा निर्मित यस सिस्टमले नेपालको जिल्लाको नक्शा चित्रमाथि कोरोना भाइरस (कोभिड १९) संक्रमणको विवरण हेर्न मिल्छ । यस पोर्टलमा (https://coronanepal.live) गएर विश्वका अन्य देशको कुल संक्रमण, जम्मा मृत्यु तथा कुल निको भएका संख्या हेर्न मिल्छ ।

 

यस सिस्टमको अगुवाई गर्ने प्रिक्सा टेक्नोलोजिजका सि.ई.ओ मनिष कु. शर्मा भन्छन, “कोरोना ट्रयाकर सिस्टमले नेपालको संक्रमण तथ्यांक हेर्न र सतर्क रहन मद्धत गर्छ । डाटालाई चित्रमा हेर्दा त्यसको महत्व बढ्ने हुनाले नेपालकै सिमा रेखांकन राखी यस सिस्टमको निर्माण गरेका छौँ ।”

 

कोरोनानेपाल.लाईभ नामक सिस्टमले तथ्यांक मात्र नभई कोरोना भाइरसको समाचार विभिन्न आधिकारिक नेपाली अनलाइन पोर्टलबाट खोजेर राखेको छ । यस सिस्टमलाई कम्पुटर, मोबाइल, ट्याब्लेट सबैबाट हेर्न मिल्छ । अहिलेको लकडाउनको अवस्थामा यसले सहि तथ्य तथा खबर, छिटो र छरितो रुपमा थाहा पाउन पक्कै नै मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस्