सुडानका रक्षामन्त्रीको हृदयघातबाट मृत्यु

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ०९


एजेन्सी । सुडानका बहालवाला रक्षामन्त्रीको हृदयघातका कारण मृत्यु भएको छ।

रक्षामन्त्री गमाल अल दीन उमरको दक्षिण सुडानको भ्रमणका बेला बुधबार हृदयघातबाट मृत्यु भएको हो। 

६० बर्षीय रक्षामन्त्री उमर बुधबार त्यहाँ विद्रोही समुहसँगको शान्ति सम्झौताका लागि पुगेका थिए।

व्रिदोही समुहसँगको बैठकमा समेत सहभागी भएका उनको  हृदयघातका कारण मृत्यु  भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्