काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज (बुधबार)कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा घादिङका रहेको जानकारी दिनुभएकाे छ । मन्त्री ढकालले आज पत्रकार सम्मेलन गर्दै चैत्र ६ गते कतारबाट आएका ती युवा धादिङको रहेको बताउनुभयाे ।
कतारबाट आएका उनी होटलमा बसेका थिए । तर मंगलबार उनलाई ज्वरो आएपछि टेकु अस्पताल पुगेका थिए । अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा हिजो राति १२ बजे नतिजा पोजेटिभ आएको थियो । मन्त्री ढकालले उनीसँगै होटलमा रहेका सबै सम्भावितहरूको सरकारले खोजी गर्ने र क्वारेन्टाइनमा राखेर परीक्षण गरिने जानकारी दिनुभयाे ।
योसँगै नेपालमा कोरोना तीन जनामा कोरोना संक्रमण देखिएको छ । साथै सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने भएको छ। मन्त्री ढकालले सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको बताउनुभयाे ।
त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयाे । सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ ।