नमस्तेले पनि रोकेन कोरोना, बेलायती राजकुमारनै संक्रमित

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : ०७


लण्डन । बेलायती राजकुमार चाल्र्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।

क्विन एलिजावेथका जेठा छोरो ७१ बर्षीय सन्तान चाल्र्सलाई कोरोना संक्रमण पुस्टि भएको अन्तराष्ट्यि सञ्चार माध्यमले जनाएका छन्।

बेलायती राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा चाल्र्सलाई कोरोना भएको उल्लेख गरिएको छ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन।

कोरोना फैलिएपछि केहि दिन अघि राजकुमार चाल्र्सले हात मिलाउनुको सट्टा नमस्ते गर्दै गरेको भिडियो भाइरल बनेको थियो।


प्रतिक्रिया दिनुहोस्