बेलायतका युवराजलाई कोरोना संक्रमण

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : ०२


काठमाडाैं । बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।

७१ वर्षीय चार्ल्सलाई कोरोना लक्षण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनी अहिले स्कटल्याण्डमा सेल्फ आइशोलेशनमा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्