दुवईबाट नेपाल आएका व्यक्ति तेस्रो संक्रमित

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ४२


काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति फेला परेका छन । संक्रमित तेस्रो व्यक्ति खाडी मुलुक दुवईबाट फर्किएको बताइएकाे छ।

टेकुस्थित शुक्रराज अस्पतालका अनुसार उनी गत ५ चैतमा नेपाल आएका हुन् । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी गत १० चैतमा परीक्षणका लागि टेकु पुगेकाे उनी ३२ बर्षीय धादिङका स्थायी बासिन्दा भएको समेत बताइएको छ ।

यो भन्दा अगाडि चीन र फ्रान्सबाट आएका दुई जनामा कोरोना भएको थियो । चीनबाट आएका बिरामी निको भएर डिस्चार्ज भइसकेका छन् भने फ्रान्सबाट आएकी युवती टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा आइसोलेसनमा उपचाररत छिन् ।


प्रतिक्रिया दिनुहोस्