सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २४


काठमाडौं । विदेशबाट फर्कन चाहने नेपालीलाई नरोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ । सीमा नाका बन्द र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता माधव बस्नेत तथा मीना खड्का बस्नेतले रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ । अदालतले चैत २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

एकल इजलासले सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्नुृका कारण विपक्षीसँग माग गरेको पनि छ । विपद्का समयमा नागरिकलाई राज्य स्वयमले उद्दार लगायतका कार्य गर्नुपर्नेमा प्रवेश नै निषेध गर्नु मानव अधिकारको आधारभूत मान्यता विपरीत भएको भन्दै रिट दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्