लकडाउनले हेटौँडा  सुनसान : जनता घरमा

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ५२


कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो  दिन  पनि सुनसान भएको छ।

फाट्टफुट्ट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन्।

किनमेलका लागि खास  गरी बिहान र  साँझपख पसल खुल्ने  र  ग्राहकको  भीड लागेको देखिन्छ।

सुरक्षाका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षाका लागि खटिएका छन्।

 सडकमा जथाभावी हिँडनेलाई  घरमा बस्न सचेतसमेत गराइएको छ।

उता कोरोना भाइरसको  जोखिमबाट सचेत रहन स्थानीय प्रशासनले हेटौँडा उपमहानगरपालिकाले माइकिङ  गरी सूचना प्रदान  गर्दै आएको छ।

साथै  स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन  तथा अस्पतालमा उपचारका लागि व्यवस्थासमेत  गरेको छ।

त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन्।

साथै अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको  जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको  छ।


प्रतिक्रिया दिनुहोस्