मलेसियामा दुई हप्ता ‘लकडाउन’ थपियो

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ०२


काठमाडौं । मलेसियामा ‘लकडाउन’ को अवधि थपिएको छ । मलेसियाको सरकारले दुई हप्ता (अप्रिल १४ गतेसम्म) ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताए । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्