लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटे..(भिडियो)

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : १८


काठमाडौं । कोरोना भाइरस विरुद्ध लागू भएको 'लकडाउन' उल्लंघन भएका थुप्रै घटना आइरहेका छन्।

यसैबीच लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त भिडियो सुनसरीको खनारको रहेको बताइएको छ। लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले पिटेपछि सामाजिक सञ्जालमा यसले मिश्रित प्रतिक्रिया पाएको छ।

 प्रहरी हेड्क्वार्टरले भने लाठी हान्ने दुवै प्रहरीमाथि विभागीय कारबाहीको तयारी गरेको छ।

यस्तो छ भिडियो


प्रतिक्रिया दिनुहोस्