टेकुमा कोरोनाका अर्का संक्रमित भेटिए

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ४२


काठमाडौं । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोरोना संक्रमित अर्को विरामी भेटिएका छन्। 

स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ।

कोरोना पोजेटिभ भेटिएका व्यक्तिको परिवारलाई समेत आइसोलेसनमा राखिने छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले खाडी मुलुक भएर फर्किएका ३०/३१ वर्षका ती बिरामीमा कोरोना भेटिएको जनाएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।


प्रतिक्रिया दिनुहोस्