फकाएर गेष्ट हाउस लगि बलात्कार गर्ने पक्राउ

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ४९


काठमाडौं । ललाई फकाइ गेष्ट हाउस लगेर किशोरीको बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा कमलामाई नगरपालिका–१ घर भइ काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विकले कलंकीस्थित एक गेष्ट हाउसमा लगेर किशोरीको बलात्कार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्