लन्डनमा कोरोना संक्रमित नेपाली अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ३१


काठमाडाैं । लन्डनमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएकी एक नेपाली महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनको अस्पतालमा भर्ना भएकी भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

करिब १० दिन अगाडि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना भएकी थिइन । उनले कोरोनाको संक्रमण निको नहुने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ ।

‘यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छॉट्काटै छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुने छ’, उनले भनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्