एक व्यक्तिबाट ५९ हजार मानिसमा फैलिन्छ कोरोरा भाइरस : विज्ञ

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ५८


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९७ देशमा फैलिएको छ। कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १८ हजार ८ सय ७१ जनाको ज्यान गएको छ भने ४ लाख २२ हजार ९६ जना संक्रमित भएका छन्।  

यसै क्रममा एक अनुभवी डाक्टरले कोरोना भाइरसका बारेमा चकित पार्ने कुरा बताएका हुन्। उनले एक व्यक्तिबाट ५९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने बताएका छन्। यूनिभर्सीटी कलेज अफ लण्डनका इन्टेन्सीभ केयर मेडिसिनका प्रोफेसर डा ह्यू मोन्टगोमरीले कोरोना भाइरस निकै बढी संक्रमण फैलाउने भाइरस भएको बताएका हुन्। 

डेली मेलको रिर्पोट अनुसार डा ह्यूले एक संक्रमित व्यक्तिबाट यो भाइरस हजारौँ व्यक्तिमा सर्ने बताएका हुन्। उनले भनेका छन्, सामान्य फ्लू भए औषत १.३ देखि १.४ व्यक्तिलाई संक्रमित गराउँछ। फ्लूका क्रममा अन्य संक्रमित व्यक्तिले पनि अरु व्यक्तिलाई संक्रमित बनाउँछ र त्यो संक्रमणले १० पटक चक्र लगाउँछ। 

उनका अनुसार कोरोनाको संक्रमण १ बाट ३ मा फैलिन्छ र १० चक्रमा अघि बढ्छ। यसरी यो चक्र ५९ हजारसम्म फैलिने उनको तर्क छ। उदाहरणका लागि १ बाट ३, ३ बाट ९, ९ बाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७३९, ७३९बाट २१८७, २१८७ बाट ६५६१, ६५६१बाट १९६८३ गरी ६९ हजारसम्म पुग्ने उनको दाबी छ। 


प्रतिक्रिया दिनुहोस्