काठमाडाैं । बाराकाे कलैयास्थित जिल्ला अस्पतालमा करारमा कार्यरत नर्स अन्जुमा खातुनले सुत्केरीलाई लगाउनुपर्ने सुइ शिशुलाई लगाइदिएको घटना सार्वजनिक भएको छ । बाराको फेंटा गाउँपालिका ६ पुरैनियाकी २४ वर्षीया सुत्केरी रिजवानी खातुनलाई नलगाएर उनको बच्चालाई लगाइएको हो ।
रक्त समूह निगेटिभ भएको सुत्केरी आमालाई दिइने एन्टी डी नामको सुइ शिशुलाई पर्न लगाएको बताइएको छ । रिजवानीले मङगलबार बिहान कलैया अस्पतालमा छोरीको जन्म दिएपछि नर्सले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई दिएको अस्पतालले जनाएको छ । अस्पतालले गल्ति स्वीकार गरेको छ । शिशुको हाल वीरगञ्जमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।