‘ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो’

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ५०


काठमाडौं । समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईले लकडाउनको समयावधि अझै बढ्ने भएकाले ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेजको बन्दोबस्त मिलाउन सरकारसँग माग गर्नुभएकाे छ । डा. भट्टराईले कोरोना भाइरस (कोभिड–१९)का कारण ‘लकडाउन’ को समय अझ बढ्न सक्ने भन्दै सरकारलाई सचेत गराउनुभएकाे हाे । बुधवार ट्वीटरमा डा. भट्टराईले ज्यालामा गुजारा गर्नेहरू र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज घोषणा हुनुपर्ने जनाउनुभएकाे छ ।


प्रतिक्रिया दिनुहोस्