काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक १० दिन पर सारिएको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै भोलि चैत १३ गते १ बजे बोलाइएको बैठक सूचना टाँस गरी आगामी चैत २३ गते बोलाइएको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणका कारण सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु प्रतिबन्ध लगाएकाले चैत १३ गते बिहीबार १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।
प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते १ बजे बोलाइएको छ।