अमेरिकामा ३ जना नेपाली कोरोना भाइरस संक्रमित, एकको अवस्था गम्भीर

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ३७


काठमाडाैं ।  विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा तीन जना नेपाली संक्रमित भएका छन् । भने एक जना नेपालीले ज्यान गुमाएका छन् । संक्रमित मध्य एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

कोरोना संक्रमित नेपालीलाई यूयोर्कको कुइन्सस्थित एल्मष्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । संक्रमण पुष्टि भएकाहरु ६०, ४७ र २२ बर्षका रहेको जानकारी छ ।

गम्भीर बिरामी मध्ये एकसोमबार राती ज्यान गुमाउने अनिल लिम्बुका छोरा हुन् । मृतक लिम्बुका अन्य परिवारका सदस्यमा समेत कोरोनाको संक्रमण देखिएको छ ।

अमेरिकामा पछिल्लो आँकडा अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या करिब ५५ हजार पुगेको छ । ७८० जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्