मौसम पूर्वानुमान: आंशिक देखि सामान्य बदली

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ०५


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । आजको महाशाखाले बुधबारको मौसम नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो भने देशको मध्य र पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्