लकडाउनमा नक्कली दुधवाला बनेर घुम्न निस्केपछि…

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ३०


चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण १९७ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वका सबै देशले आ आफ्नो तरिका अवलम्बन गरेका छन्। 

छिमेकी मुलुक भारतमा अहिलेसम्म ५ सय बढी कोरोना संक्रमित फेला परेका छन्। भारतले पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ३ साता लामो पूर्ण लकडानको घोषणा गरेको छ। यस महामारीको गम्भिरतालाई नबुझेर केही मानिस लकडाउनका बाबजुत पनि बाहिर निस्किएका छन्। 

भारतमा पूर्ण लकडाउनको घोषणाका बावजुत पनि नक्कली दूधवाला बनेर बाहिर घुमिरहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेर लकडाउन उल्लङ्घनको आरोपमा मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

घटना भारतको गाजियाबादस्थित विजयनगर क्षेत्रको हो। मंगलबार प्रहरीले लकडाउनको उल्लङ्घन गरेर बाहिर निस्किएका व्यक्तिलाई कारबाही गर्ने क्रममा एक नक्कली दुधवाला पक्राउ परेका हुन्। मोटरसाइकलमा दूधको क्यान बोकेर आइरहेका ती व्यक्तिलाई रोकेर सोधपुछ गरेपछि उनको कर्तुत बाहिरीएको हो। 


प्रतिक्रिया दिनुहोस्