झनै बढ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ५२


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९७ देशमा फैलिएको छ। यसै क्रममा अमेरिकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ११ हजार ७४ जना नयाँ संक्रमित फेला परेका छन् भने २ सय २२ जनाको मृत्यु भएको छ। एकै दिन यति धेरै संक्रमित हुने अमेरिका पहिलो देश बनेको छ। अन्य देशको तुलनामा अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ५४ हजार ८०८ पुगेको छ भने ७ सय ७५ पुगेको छ।   

कोरोना भाइरसको महामारीबाट विश्वभर अहिलेसम्म १८ हजार ८ सय ७१ जनाको ज्यान गएको छ भने ४ लाख २२ हजार ९६ जना संक्रमित भएका छन्। 

सबै भन्दा बढी इटलीमा कोरोना भाइरसबाट ज्यान गएको छ। इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाको ज्यान गएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित फेला परेका छन्। 

त्यस्तै मृत्यु हुनेको संख्या इटलीपछि स्पेनमा बढी छ। पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ भने ६ हजार ९२२ जना नयाँ संक्रमित फेला परेका छन्। 


प्रतिक्रिया दिनुहोस्