चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९७ देशमा फैलिएको छ। कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १८ हजार ८ सय ७१ जनाको ज्यान गएको छ भने ४ लाख २२ हजार ९६ जना संक्रमित भएका छन्।
सबै भन्दा बढी इटलीमा कोरोना भाइरसबाट ज्यान गएको छ। इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाको ज्यान गएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित फेला परेका छन्।
त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार ६०४ जना नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन २ सय ६ जनाको मृत्यु भएको छ। अमेरिका एकै दिन १० हजार बढी नयाँ संक्रमित फेला पर्ने पहिलो देश बनेको छ। अन्य देशको तुलनामा यो संख्या सबैभन्दा बढी हो।
त्यस्तै मृत्यु हुनेको संख्या इटलीपछि स्पेनमा बढी छ। पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ भने ६ हजार ९२२ जना नयाँ संक्रमित फेला परेका छन्।