आज बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ५८


मिति २०७६ साल चैत्र १२ गते, बुधबार, ईश्वी सन् २०२० मार्च २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– प्रतिपदा। 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गरीरहेको कामलाई निरन्तरता दिने कोशिष गर्नुहोला । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ । तरपनि बाहिरी वातावरणको ख्याल गर्दै कामहरु गर्नुहोला । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्का विच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । बिभिन्न कारणले पढाइ लेखाइमा सयम दिन सकिने छैन । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् । सुख दुखमा साथ दिनेहरु घरपरिवारमा नै भेटिने हुदा मन प्रशन्न रहनेछ । तरपनि स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । 
 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरमै बसेर अध्ययन गर्नाले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरी नाम कमाउन सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  पढाइ लेखाइमा मन जानाले आगामी दिनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ ।


प्रतिक्रिया दिनुहोस्