नेपालमा ६१० जनाको कोरोना परीक्षणः दुईमा संक्रमण भेटियो

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : १४


काठमाडौँ । नेपालमा अहिलेसम्म ६१० जनामा कोरोना भाइरसको नमूना परीक्षण भएको छ। तीमध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) बारे जानकारी दिन सामाजिक सञ्जालमा बनाएको नामक भाइबरमा कम्युनिटीमा यस्तो विवरण उल्लेख गरिएको छ। 

उक्त जानकारी अनुसार एक जनाको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने अर्का संक्रमित निको भइसकेका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १८९ देशमा फैलिएको छ। 

अब MoHP Nepal COVID-19 नामक कम्युनिटीमा भाइरसबाट सरकारले जानकारीमूलक सूचना, सरकारका निर्णय तथा, चेतनामुलक भिडियो अपलोड गर्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस्