जनकपुरधाम । केही दिनअघि दुबईबाट नेपाल फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा काठमाडौँ ल्याइएको छ।
रुघाखोकी र ज्वरो आएका ४० वर्षीया ती व्यक्ति चेकजाँचका लागि मंगलबार प्रादेश अस्पताल जनकपुरधाम पुगेका थिए। तर तर, प्रादेशिक अस्पतालले उनलाई कोरोनाको आशंकामा काठमाडौँ रिफर गरेको हो।
ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल पठाइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नागेन्द्र यादवले बताउनुभयो।
आफ्नो अस्पतालमा चेकजाँचको सुविधा नभएकाले उनलाई काठमाडौँ पठाएको अस्पतालले जनाएको छ।