भारतमा पनि तीन साता लामो ‘लकडाउन’ घोषणा

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ५७


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गर्नुभएको छ । मंगलबार साँझ टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन । तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ ? घरमै बस्नुस् । एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

सम्बोधनका क्रममा उहाँले एउटा ब्यानर देखाउनुभयो, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’ स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताउनुभयो । स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उहाँले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्