राप्रपाले पनि कोभिड– १९ विशेष कोषमा ५ लाख जम्मा गर्ने

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ३७


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसको प्रकोपलाई सामना गर्न नेपाल सरकारले स्थापना गरेको कोभिड– १९ विशेष कोषमा ५ लाख जम्मा गर्ने भएको छ । कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको राप्रपाका अध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र गणेश चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस्