भारत । भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन्। लो लक डाउन जनता कफ्र्यूभन्दा निकै कडा हुने छ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै मोदीले हिन्दूस्तानलाई बचाउनका लागि भन्दै राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउनको घोषणा गरेका हुन्।
मोदीले भने, ‘बाहिर निस्कनु के हो यी २१ दिनका लागि भुलिदिनुस्। यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ।’
कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए। उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए। सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए।