अमेरिका । अमेरिकामा कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो। जनसम्पर्क समिति अमेरिकाले लिम्बुको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टी गरेको छ।
नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बस्दै गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ।
अमेरिकामा अन्य ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ।