कोरोनाको परीक्षण अब धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने सरकारको निर्णय

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ५२


काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण अब धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने निर्णय भएको छ। यद्यपी यो निर्णय कार्यान्वयनमा आउन भने केही दिन लाग्नेछ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड-१९ को परीक्षण सञ्चालन गर्ने निर्णय गरेको हो। 

त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौँ ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले गरेको हो। 


प्रतिक्रिया दिनुहोस्