कतारबाट नेपाल आएका तीन युवामा ज्वरो, अस्पताल भर्ना

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ४०


वीरगञ्ज । कतार एयरवेजबाट काठमाडौँ फर्केकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उक्त विमानमा सवार यात्रुका बारेमा सरकारले खोजतलास गरिरहेको छ। 

यसै क्रममा कतारबाट फर्केका पर्साका तीन युवकमा ज्वरो आएपछि अस्पताल पुगेका छन्। कतारबाट आएका सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन युवक ज्वरोको समस्या लिएर नारायणी अस्पतालमा पुगेका हुन्।

गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो। लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल आउन लागेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र वडा कार्यालयले एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाएको हो। उनीहरुलाई भेट्न बाराबाट पुगेका ज्वाईलाई पनि अस्पताल पठाइएको छ। 

कतारबाट फर्केर नारायणी अस्पतालमा आएकाहरुमा सामान्य ज्वरो देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो। 

उनीहरुलाई सामान्य ज्वरो रहेपनि कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु नदेखिएको अस्पतालले जनाएको छ। अस्पताललका अनुसार उनीहरुको यात्राको वृृत्तान्त (नबुझी के गर्ने भन्ने निर्णय गर्न गाह्रो छ।


प्रतिक्रिया दिनुहोस्