भरतपुरमा मर्ने युवकमा कोरोना नरहेको पुष्टि, के रहेछ त कारण ?

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ५४


काठमाडौं । चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएको पुष्टि भएको छ । उनलाई अटो इम्युन डिजिज भएको खुलेको छ ।

टेकु प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो । यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो । 

पहिलेदेखि नै लुपुस नामक रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको बताइएको छ । उनलाई निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थायी अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस्