नेकपा अध्यक्ष प्रचण्डको कतै नपुगिने यस्तो साइकिल यात्रा (भिडियोसहित)

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ३४


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला कतै नपुगिने गरी साइकिल यात्रा गरिरहनु भएको छ । कोभिड– १९ को विश्वव्यापी संक्रमणमा घरमै बस्नुभएका प्रचण्डले नियमित शारीरिक व्यायाम गर्नुपर्ने सन्देश दिन कम्पाउण्डमै साइकिल यात्रा गरिरहनु भएको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा सघाउन पुराउन आव्हान गर्दै उहाँले घरको कम्पाउण्डभित्रै शारीरिक व्यायाम गर्नुभएको हो । अध्यक्ष प्रचण्ड हरेक दिन बिहान टेबुल टेनिस खेल्नुहुन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले अन्य शारीरिक व्यायाममा पनि ध्यान दिइरहनु भएको छ ।

सिङ्गो नेपाल लकडाउन भएको अवस्थामा आम नागरिकलाई घरभित्रै भए पनि व्यायाम गर्नुपर्छ भन्ने सन्देश दिनका लागि प्रचण्डले निवासको कम्पाउण्डमा साइकल चलाइरहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्