प्रदेश १ सरकारद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका गर्न १० करोडको कोष

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ११


विराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ ।
 
उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।
 
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गरेको छ । साथै सबै मन्त्रालयहरुमा एकजना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोनासम्बन्धी सूचनाहरु उपलब्ध गराउने छन् ।
 


प्रतिक्रिया दिनुहोस्