हामी विश्वभर फैलिएको कोरोनाका कारण आजदेखि घरमै बस्न बाध्य छौँ । यो समय साना भाइबहिनीहरूले पनि विश्वलाई चिन्ने, कस्ता कस्ता आपत र अप्ठ्यारा आइपर्छन् र त्यस सँग कसरी जुझ्ने ? कसरी बच्ने, बाच्ने ? भन्ने कुरा सिक्ने अवसर पनि प्राप्त भएको छ, त्यसैले यो समयलाई यसरी सदुपयोग गर्न सकिन्छ ।
१. घरको सामान मिलाउँः यो काम गर्न बिदा कुर्नु पर्ने या समय निकाल्न गाह्राे हुने हामिले यो समयमा सामान मिलाउन कुना काप्चा सरसफाइ गर्न आफू पनि लागौँ आफ्ना छोरा छोरीलाई पनि सफा र स्वस्थ घर बनाउ ।
२. गमलाहरूमा नयाँ फुल बिरुवाहरूको आफैले नर्सरी बनाइ रोपौँ गोडमेल गरौँः यसले केटाकेटीलाई पर्यावरण बारे सिकाउन, अध्ययन गर्न मद्दत गर्छ। र आफूले रोपेको फुल बिरुवा हुर्कन थालेको फुल्न थालेको देखे पछि केटाकेटी दङ्ग पर्छन् र पछि पनि फुर्सदको बेलामा यसै गर्छन।
३. कौसी खेती, करेसाबारी खेती गरौँः आफैले उत्पादन गर्दा बिसादी र रासायनिक रहित तरकारी आफै उत्पादन गर्न सकिन्छ । तरकारीमा आत्मनिर्भर बनौ, केटाकेटीलाई आजै देखि यही सिकायौं भने फलाउने तरिका पनि सिक्छन् र नाम पनि जान्दछन् ।
४. पढ्ने बानीको विकास गरौँ गराउँः तपाइँ पढ्न बस्नु भयो भने बाबु नानी पनि बस्छन्, तपाइँ मोबाइलमा झुन्डिराख्नु भयो भने बाबु ननीले पनि त्यसै गर्छन। त्यसैले राम्रा सामाजिक पुस्तकहरू, महान दार्शनिक र बैज्ञानिकका जीवनी र खोजमूलक पुस्तकको अध्ययन गर्ने बानीले केटाकेटी लाई अहिले देखि नै कस्ता पुस्तक पढ्ने र कस्तो बन्ने भन्ने दिसा निर्देश गर्न मद्दत पुर्याउँछ।
५. लेख्न बसौँः यो समयमा साहित्यिक सिर्जना र अन्य लेख्ने बानीको विकास गर्न सकिन्छ । आफ्ना नानी बाबुलाई पनि बिभिन्न विधामा लेख्न लगाएर उत्प्रेरणा दिन सकिन्छ जसले गर्दा लेखन सैली पनि सुध्रिन्छ र अक्षर पनि सफा र शुद्ध हुन्छन।
६. योग र ध्यान गरौँः प्रत्येक दिनको योग र ध्यानले रोग प्रतिरोधात्मक क्षमताको विकास हुनुको साथै आनिबानीमा पनि सुधार आउँछ र केटाकेटीले पनि सानै देखि सिको गरी स्वस्थ रहन्छन् र यही बानीको विकास हुँदै जान्छ।
७. नयाँ नयाँ परिकारको खाना पकाउन सिकौं सिकाउँः जसले गर्दा स्वाद पनि फेरिने, केटाकेटीले पनि यही बेलामा खाना पकाउने तरिका, पहिला पानी हाल्ने कि तेल हाल्ने भन्ने जानकारी, तरकारीको नाम, तरकारी केलाउन, पिठो मुछ्न, डल्ला पार्न, रोटि बेल्न, ढिडो मस्काउन (ओढाल्न) मरमसलाको नाम , नुन कति राख्ने, चामलमा कति पानी राख्दा भात कस्तो हुन्छ, भाडा माझ्ने तरीका आदि सिक्न पाउनेछन।
८. ब्यायाम गरौँः यसले हामी र हाम्रो परीवारलाइ स्वस्थ राख्ने छ साथै केटाकेटीले आजै देखि ब्यायाम गर्न सिकि राम्रो बानीको विकास हुनुको साथै स्वस्थ र फुर्तिलो सरिर रहने छ।
९. राम्रा चलचित्रहरु हेरौँः यो समय परिवारका सदस्य सबै एकै ठाउमा धेरै दिन दिनभरि सङ्गै बस्न पाउने समय पनि भएकोले अलग अलग कोठामा बसि मोबाइल चलाउनु भन्दा राम्रा सामाजिक फिल्महरु सामुहिक रुपमा बसेर हेर्दा केटाकेटिमा सामुहिकताको विकास हुन्छ र उमेर पुगेका केटाकेटीले पब्जि खेल्ने, हेर्न नहुने साइटहरु हेर्ने, अनावस्यक रुपमा केटाकेटी साथि गफ्फिने, अनावस्यक गेमहरु खेल्ने र रिसाहा हुने बानि छुट्छ ।
१०. सङ्गित सुनौँः स्वस्थ गित सङ्गितले मनोरन्जनको अलावा सन्देस र चेतना पनि दिने हुनाले गित सङ्गितद्वारा घरको माहोल मनोरजनात्मक बनाउछ र काम गर्ने उर्जा प्रदान गर्छ।
ब्यस्त रहौ, मस्त रहौ, स्वस्थ रहौ। घरमा बाहिरका मानिसको आवतजावत बन्द गरौँ। नयाँ मानिस आउनै पर्ने भएमा गेटमै स्यानिटाइजर वा साबुन पानीले हात धुन लगाएर र मास्क लगाएर मात्रै घर भित्र प्रबेस गराउ, कम्तिमा तिन फिट टाढै बस्न लगाउँ।