कतारबाट कोरोना संक्रमित युवतीसँग आएका एक जना झापामा भेटिए, क्वारेन्टाइनमा राखियाे

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ०७


काठमाडाैं । ४ चैतमा कतारबाट आउने १ जना झापामा पहिचान भएका छन् । कतार हुँदै फ्रान्सबाट आएकी १ युवतीलाई कोरोना पुष्टि भएसँगै उनीसँग आउने सबैलाई सरकारले खोजी गरेको छ ।

यसैबीच झापाको बुद्धशान्ति गाउँपालिकामा १ जनालाई पहिचान गरिएको छ ।

उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, विभिन्न कामको सिलसिलामा भारत गई यसबीचमा फर्किएकाहरूलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्