काठमाडौं । कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी एक नेपाली युवतीको उपचार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भने संक्रमित बिरामीको अवस्था जटिल नरहेको बताउँदै कसैले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि अवस्था जटिल नभएको अस्पतालले बताएको हाे । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले उनीमा भाइरस देखिए पनि अवस्था जटिल नभएको जानकारी दिनुभयाे ।
उनको उपचारमा चिकित्सकले अजिथ्रोमाइसिन लगायतका एन्टीबायोटिक औषधि चलाएको अस्पतालले जनाएकाे छ । उनी ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन् ।