कोरोना देखिएकी युवतीसँगै नेपाल आएका चार जना सम्पर्कमा

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ०८


काठमाडौं । फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै एउटै विमानमा आएका यात्रुहरुको निरीक्षण पनि सरकारले थालेको छ । यसैक्रममा उनीसँगै विमानमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ ।

२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको छ । त्यस्तै फ्रान्सबाट नेपाल आएकी युवतीसँगै नेपाल आएका काभ्रेका दुई युवा पनि सम्पर्कमा आएका छन् ।

यसमध्ये बनेपा नगरपालिका–२ नालाका युवा छन् भने अर्का युवा धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका रहेका छन् । उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइनमा बस्ने छन् ।


प्रतिक्रिया दिनुहोस्