लकडाउन उल्लंघन गर्ने बुटवलमा दुई जना पक्राउ

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ३९


काठमाडाैं । सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने बुटवलमा पनि २ जना पक्राउ परेका छन्। प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।

कानून विपरीत सडकमा मोटरसाइकल चलाउँदै हिँडिरहेकाे अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे। उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।

यसअघि चितवनमा प्रहरीले लकडाउन उल्लंघन गर्ने १० जनालाइ नियन्त्रणमा लिएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्